दफा १३३
साहू तथा शेयरधनीले उजूर गर्न सक्ने
यस परिच्छेद बमोजिम कम्पनी खारेजी गर्दा लिक्विडेटरको काम कारबाहीका सम्बन्धमा कुनै अनियमितता भएको भनी कम्पनीको कुनै साहु वा शेयरधनीलाई लागेमा त्यस्तो काम कारबाहीका विरुद्धमा सोको जानकारी प्राप्त भएको पन्ध्र दिनभित्र त्यस्ता साहू वा शेयरधनीले अदालत समक्ष उजूरी गर्न सक्नेछ ।